|
२०८२ भाद्र २५
काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मुलुकको वर्तमान परिस्थिति असामान्य रहेको भन्दै सामान्य सोचले मात्र समाधान सम्भव नहुने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अहिले समीक्षा गर्ने उपयुक्त समय नभएको उल्लेख गर्दै नयाँ दृष्टिकोणबाट सोच्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
‘अहिले तत्काल समीक्षा गर्ने अवस्था छैन, असामान्य परिस्थितिलाई सामान्य तरिकाले सम्हाल्न सकिँदैन । त्यसैले साथीहरू, नयाँ ढंगले सोचौं’, उनले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्