मध्यरातमा लुटपाट प्रयास गर्ने २१ जना पक्राउ, सेना सक्रिय

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

काठमाडौं — राजधानी काठमाडौं र भक्तपुर क्षेत्रमा मध्यरातमा लुटपाट गर्न खोज्ने २१ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, भक्तपुरको राधे राधेस्थित भाटभटेनी सुपरमार्केट, हायात होटल तथा बौद्ध क्षेत्रमा लुटपाट प्रयासमा संलग्न उनीहरूलाई गएराति नियन्त्रणमा लिइएको हो।

हाल राजधानीमा भइरहेका प्रदर्शनपश्चात रातिको समयमा बढ्न सक्ने अराजक तथा उच्छृंखल गतिविधि नियन्त्रण गर्न सेनाको टोली परिचालन गरिएको हो। सेनाले कुनै पनि आपतकालीन वा शंकास्पद गतिविधि देखिएमा नागरिकलाई तत्काल जानकारी दिन अनुरोध गरेको छ।

सेनाले आफ्नो हटलाइन नम्बर ९८६३०२९०२९ मा ह्वाट्सएप वा भाइबरमार्फत सन्देश पठाउन आह्वान गर्दै स्थानीय तहमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ।

“टोल छिमेकमा त्यस्ता गतिविधि देखिएमा सुरक्षा संयन्त्र पुग्नुअघि स्थानीयवासी एकजुट भई निगरानी गर्नुपर्छ,” सेनाले विज्ञप्तिमार्फत जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *