काठमाडौँ । नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ। हालसम्म भाइबर, वीच्याट, टिकटक, निम्बज र पोपोलाइभ सूचीकरण भइसकेका छन् भने टेलिग्राम र ग्लोबल डायरी प्रक्रियामा छन्।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार यी सात बाहेक अन्य सबै सञ्जाल निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ।
फेसबुक (मेटा) र एक्स (ट्विटर) लाई पटकपटक पत्राचार गर्दा पनि प्रतिक्रिया नआएकाले बाध्य भएर यो कदम चालिएको प्रवक्ता ठाकुरले बताए।
सूचीकरणका लागि सामाजिक सञ्जालहरूले अनलाइन निवेदन, सम्पर्क व्यक्ति तोक्नुपर्ने र कर विवरण प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।
सर्वोच्च अदालतको आदेश अनुसार नै मन्त्रालयले यस्तो सूचीकरण प्रक्रिया अघि बढाएको हो। साथै, सम्बन्धित कानुन राष्ट्रिय सभामा छलफलको क्रममा रहेको पनि मन्त्रालयले जानकारी दिएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्