मनाङमा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि निवेदन माग

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १७

काठमाण्डौँ । मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । आयोगले मंगलबार सूचना जारी गरी भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो ।

आयोगले उपनिर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थाले १५ दिनभित्र अनुमतिका लागि आयोगमा आवश्यक कागजातसहित निवेदन दिन भनेको छ । साथै आयोगले निवेदन दिँदा काठमाण्डौँ उपत्यकाका हकमा निर्वाचन आयोग र अन्य जिल्लाको हकमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।

रुपन्देही ३ र मनाङ १ (२) मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *