काठमाण्डौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.१७ अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार बजार घट्दा परिसूचक २७४९.८३ विन्दुमा झरेको छ । बजार बन्द हुँदा कुल ६ अर्ब ६ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आजको कारोबारमा बजारमा ठुलो दबाब देखिएको थियो । जहाँ कुल २२८ कम्पनीको मूल्यमा गिरावट आउँदा, केवल २१ कम्पनीको मूल्यमा सामान्य वृद्धि भएको छ। एक कम्पनीको मूल्य भने स्थिर रहन पुग्यो ।
समग्रमा, आज १ करोड ४८ लाख कित्ता सेयरको किनबेच भएको छ । आज ९७ हजार १७४ वटा कारोबार भएका थिए ।
यी कारोबारमा जम्मा ३२१ वटा फरक–फरक कम्पनीका धितोपत्रहरू समावेश थिए । यो तथ्याङ्कले बजारमा बिक्रीको चाप बढी रहेको स्पष्ट देखाउँछ ।
आज बजारका सबै उपसमूहमा गिरावट आएको छ । बैंकिङ, म्युचुअल फण्ड र ट्रेडिङ सबै समूह बाहेक सबैको गिरावट एक प्रतिशत भन्दा धेरै रहेको छ ।
कारोबार भएका कम्पनीमध्ये आज उन्नति सहकार्य लघुवित्तको सर्वाधिक ६.७७ प्रतिशत मूल्य बढेर २३९६.०७ रुपैयाँमा बन्द भयो । त्यसैगरी आशा लघुवित्तको ४.१६ प्रतिशत र माछापुच्छ्रे बैंकको डिबेञ्चर ८६ ले ३.९३ प्रतिशतको वृद्धि भएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्