|
२०८२ भाद्र १३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन सुदृढीकरणका लागि प्रदेश, जिल्ला र तल्लो तहसम्म संरचना बलियो बनाउने निर्णय गरेको छ। सचिवालय बैठकले केन्द्रीय विभागहरूलाई थप सक्रिय बनाउने, वडा, पालिका र जिल्ला अधिवेशन समयमै सम्पन्न गर्ने तयारी गर्ने र प्रारम्भिक निर्वाचन प्रक्रियालाई पारदर्शी र जनपक्षीय बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट लोकतान्त्रिक र योग्यता आधारित हुने स्पष्ट गरिएको छ। कृषि, स्वास्थ्य, उद्योग, रोजगार लगायतका क्षेत्रमा नीतिगत सुझाव तयार गर्न विज्ञहरूको संलग्नता पनि सुनिश्चित गरिनेछ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्