इजरायलमा धार्मिक पर्वको बेला स्टाम्पेडका कारण ४४ जनाको मृत्यु, ५० घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १७

इजरायलमा बिहीबार लाग बी’ओमारपर्वको एक समारोहमा भएको भागदौडमा परी ४४ जनाको मृत्यु भएको थियो। यसका साथै झण्डै ५० जना घाइते भएका थिए ।

रिपोर्ट अनुसार माउन्ट मेरान कार्यक्रममा केही मानिसहरू भर्याङमा चिप्लिरहेको देखाइएको थियो। जसका कारण मच्चिएको भागदौडमा परी बाहिर निस्कन प्रयास गरेका व्यक्तिहरु स्टाम्पेडमा परेका थिए।

इजरायलमा इमरजेन्सी सर्भिस हेड मेगन डेभिड एडमले घाइतेहरूलाई अस्पताल लैजान पाँच हेलिकप्टरहरू बोलाइएको बाताइन् र दर्जनौ आकस्मिक गाडीहरू पनि त्यस ठाउँमा पुर्याइएको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *