|
२०८२ भाद्र १
काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका विषयमा अध्ययन प्रतिवेदन पेस गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको संयोजक उपमहासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरी रहेका छन् ।
त्यस्तै सचिव सोमप्रसाद पाण्डे, प्रदेश कमिटी अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इन्चार्ज नन्द बन्जाडे र जिल्ला अध्यक्ष हिराध्वज शाह कार्यदलमा रहेका छन् ।
उक्त कार्यदलले भदौ दस गतेभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ । सोही कार्यादेश अनुसार आइतबार कार्यदलको पहिलो बैठक बसेर काम थालेको सचिव पाण्डेले जानकारी दिएका छन् ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्