काठमाण्डौँ । सोमबार सेयर बजार २७.९० अंक घटेको छ । सो गिरावटपछि नेप्से २८२२ अंकमा कायम भएको छ ।
कारोबार सुरु भएपछि बजारले सकारात्मक लय समाते पनि ३२ मिनेटपछि ओरालो लाग्यो । नेप्से परिसूचक २८७५ अंकसम्म पुगेको थियो । जुन कारोबारका क्रममा भएको अधिकतम अंक रह्यो ।
बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५३ करोडको कारोबार भएकोमा आज १० अर्ब २१ करोडको भयो । ३० कम्पनीको मूल्य बढ्दा २२० को घट्यो । अधिकांश समूहका सूचक घटे । माइक्रोफाइनान्स र विकास बैंक समूह सबैभन्दा धेरै घटे । माइक्रोफाइनान्स २.३५ तथा विकास बैंक २.३१ प्रतिशत घटे ।
बैंकिङ ०.४१, फाइनान्स १.२७, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर १.४१, लगानी १.१७, जीवन बीमा ०.८०, उत्पादन तथा प्रशोधन ०.७५, निर्जीवन बीमा १.२४ तथा व्यापार समूह १.४४ प्रतिशत घटे । अन्य समूह ०.३१ प्रतिशत बढ्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, साहस ऊर्जा तथा बुटवल पावर क्रमशः अगाडि रहे । बजारको पूँजीकरण ४७ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्