आज सुनको मूल्य तोलामा १९०० रुपैयाँ बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २०

काठमाण्डौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो ।

जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २ सय ८० रुपैयाँ पुगेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *