महाकुलुङ गाउँपालिकाद्वारा काठमाडौंमा प्रशासनिक शिविर सञ्चालन हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण १७

काठमाडौं, महाकुलुङ गाउँपालिकाले काठमाडौंमा अस्थायी बसोबास गरिरहेका आफ्ना नागरिकलाई लक्षित गरी प्रशासनिक सेवा प्रवाहका लागि विशेष शिविर सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाको कार्यपालिका बैठक (मिति २०८२/०४/०७) को निर्णयअनुसार, शिविर आगामी साउन २२ देखि २४ गतेसम्म (जम्मा ३ दिन) सञ्चालन हुनेछ। शिविरको स्थान गोकर्णेश्वर नगरपालिका–६ स्थित शेर्पा पार्टी प्यालेस तोकिएको छ। बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा प्रदान गरिनेछ।

शिविरमा महाकुलुङ गाउँपालिकाको कार्यालय र मातहतका ५ वटै वडा कार्यालयबाट प्रदान हुने विविध प्रशासनिक सेवाहरू उपलब्ध हुनेछन्। यो शिविर कुलुङ शेर्वी किदुकको समन्वयमा सञ्चालन हुनेछ।

गएको आर्थिक वर्षमा पनि यस्तै प्रकारको शिविर सफलतापूर्वक सम्पन्न भएको थियो। यस वर्षको शिविरले काठमाडौंमा बसोबास गरिरहेका महाकुलुङवासीलाई थप सहज र प्रभावकारी सेवा प्रदान गर्ने विश्वास गरिएको छ।

गाउँपालिकाले सम्बन्धित सबै नागरिकलाई उक्त शिविरमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *