प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण ४

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६–१७ तारिख अर्थात भदौ ३१ गतेदेखि असोज १ गतेसम्म भारत भ्रमण गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओली निकट स्रोतले प्रधानमन्त्री ओलीको दुई दिने भारत भ्रमण सुनिश्चित भएको जानकारी दिएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आएको हो ।

२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन । भदौ ३१ गते भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् असोज १ गते काठमाडौं फर्कने तालिका रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *