बुधबार सेयर बजारले नाघ्यो २७ सय

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार २५

काठमाण्डौँ । बुधबार फेरि सेयर बजारले २७ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २२.०४ अंक बढेसँगै २७०५ मा पुगेको छ ।

१९९ कम्पनीको मूल्य बढ्दा ४९ को घट्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४५ करोडको भयो ।

बजारलाई आज सबैभन्दा शक्तिशाली सेक्टर बैंकिङले नेतृत्व गर्‍यो । सो समूह सबैभन्दा धेरै १.६८ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ०.३४, होटल तथा पर्यटन ०.२८, हाइड्रोपावर ०.५४, लगानी १.३७, जीवन बीमा ०.२४, उत्पादन तथा प्रशोधन ०.९५, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बीमा ०.२४, अन्य ०.३० तथा व्यापार ०.३४ प्रतिशत बढेका छन् ।

फाइनान्स समूह ०.३८ प्रतिशत घट्यो । बरुण हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ६.२१ प्रतिशत बढ्यो । पन्चकन्या माइ हाइड्रोपावरको ४.२८, एनआईसी एसिया बैंकको ३.९३, सीईडीबी होल्डिङ्सको ३.८८, न्यादी हाइड्रोपावरको ३.७४ प्रतिशत मूल्य बढ्यो ।

आज मूल्य धेरै बढेका वाणिज्य बैंकमा एनआईसी एसियापछि माछापुच्छ्रे, लक्ष्मी सनराइज, कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, प्रमु र कुमारी क्रमशः छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *