कांग्रेस बीपीका विचार अंगालेर अगाडि बढ्न जरुरीः डा. शशांक कोइराला

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १०

काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशांक कोइरालाले नेपाली कांग्रेसले बीपी कोइरालाका विचार अंगालेर अगाडि बढ्न जरुरी रहेको बताएका छन्। बुधवार नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

उनले कुनैपनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताए। समाजका लागि सोचेमात्रै राजनीति हुने उनले बताए। आफ्नो मात्र चिन्ता गरेर राजनीति नचल्ने उनको जिकिर छ। उनले नेपाली समाज वर्षौं पुरानो रहेको उल्लेख गर्दै त्यो समाजलाई निरन्तरता दिने काम नयाँ पुस्ताको भएको बताए।

उनले भने, ‘आज मान्छेले बीपी कोइरालालाई किन सम्झिन्छन्, उहाँ करोडपति वा अर्बपति त हुनुहुन्नथ्यो । किनभने उहाँले आफ्नो जीवन यस्तो प्रयोग गर्नुभयो । उहाँले आफ्नो जीवन अरुका लागि व्याप्त गर्नुभयो । मान्छेले आफूबाट निस्किएर गएपछि मात्र राजनीति शुरु हुन्छ । आफ्नो बारेमा मात्र चिन्ता गरेर त्यस्तो राजनीति चल्दैन । हाम्रो समाज हजारौं वर्षदेखि चलिआएको समाज हो । त्यो समाजको निरन्तरता हामीले दिने हो । विपी कोइरालाको जुन विचार छ, त्यो विचारमा अडिएर हामीले अगाडि बढ्नुपर्छ। ’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *