ओलीको व्यस्तताले एमालेको सचिवालय बैठक झन्डै दुई घण्टा ढिला

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १०

काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठक भर्खरै सुरु भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा भर्खरै बैठक सुरु भएको एक नेताले जानकारी दिए

। बैठक बिहान ११ बजेका लागि बोलाइए पनि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताले झन्डै दुई घण्टा अबेर सुरु भएको ती नेताले जानकारी दिए ।

सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको तयारी, कार्यसूची र मिति तय गर्ने लगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *