६ दिनदेखि वेपत्ता व्यवसायी पौडेल मृत भेटिए

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर ३

ताप्लेजुङ : गत कात्तिक २८ गतेदेखि वेपत्ता ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नं २ खाम्दिने बजारका ब्यवसायी गौरीमान पौडेल मृत अवस्थामा भेटिएका छन्।

उनको शव आज भेटिएको हो। खाम्दिने बजारका औषधी ब्यवसायी उमेश अधिकारीले पौडेलको शव सिरिजंघा गाउँपालिका वडा नं १ ओइराङ्गे दोभानमा  फेला परेको जानकारी दिए। उनी वेपत्ता भएयता खोजीकार्य जारी थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले गौरीमानको शव भेटिएको पुष्टी गरे ।

उनका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको छ । पौडेलको शव प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *