राजतन्त्रको पक्षमा मान्छे बेसरम उफ्रिएको देखेको थिइनँ: प्रधानमन्त्री ओली

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र ३०

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको बताएका छन्। नेपाललाई गणतान्त्रिक देश रहन नदिने, शान्ति सुव्यवस्था, ल एण्ड अडर कायम रहन नदिने, विकास र समृद्धिको बाटोमा अघि बढ्न नदिने प्रयास भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

काठमाडौंमा शनिबार एमालेले गरेको स्थानीय तहमा जनसंगठन सुदृढीकरण कार्यक्रममा बोल्दै उनले सत्य र तथ्यको बाटोमा नहिँडेकाहरूले मुलुकमा भ्रम छर्ने प्रयास गरिरहेकाले त्यसलाई चिरेर अघि बढ्नुपर्ने बताए। ‘सामन्ती, निरंकुश, अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले देखेको थिइनँ। राजतन्त्रनै हुँदाखेरि पनि केही केही पञ्चहरु जम्मा हुन्थे र कराउँथे तर त्यो एउटा औपचारिक कराइ हुन्थ्यो,’ उनले भने।

उनले एमाले नेतृत्वको सरकारलाई गलत देखाउन केही मानिस टाउको टेकेर हिँडिरहेको पनि बताए। टाउको टेकेर हेरिदिएपछि अरू सबै मान्छे उल्टो हिँडेको देखिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई गलत देखाउन, एमालेको नेतृत्वमा भइरहेको कामलाई गलत देखाउनका लागि टाउको टेकेर हिँड्ने काम गरिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *