राजश्व गुमाउन भूमिका खेलेका सरकारी अधिकारीलाई अख्तियारले कारबाही गर्नुपर्छ : योगेश भट्टराई

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र ९

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले राजश्व गुमाउन भूमिका खेलेका सरकारी अधिकारीलाई अख्तियारले कारबाही गर्नुपर्ने बताएका छन् ।भट्टराईले विद्युत् प्राधिकरण लगायत सरकारको राजश्व गुमाउन भूमिका खेलेका सम्बन्धित पदाधिकारीहरुका बारेमा अख्तियारमा उजुरी दिनुपर्ने बताएका हुन् । 

आइतबार लेखा समिति बैठकमा बोल्दै सचिव भट्टराईले भने, ‘अख्तियार प्रमुखलाई बोलाएर सोधौं , विद्युत् प्राधिकरण लगायत नेपाल सरकारकारको राजश्व गुमाउन भुमिका खेलेका सम्बन्धित पदाधिकारीलाई अख्तियारमा पुन लेखी पठाउँ । अख्तियारलाई किन निर्देशन नमानेको भनेर सोधौं ।

उनले लालआयोग देखि विभिन्न समिति र लेखा समितिको निर्णयअनुसार गुमेक‍ा राजश्व फिर्ता गर्न पदीय जिम्मेवारी अनुसार जिम्मेवार व्यक्तिलाई कारवाही गर्न पुनः अख्तियारलाई निर्देशन दिनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *