‘मनरो डक्ट्रिन’ बारे स्वर्णिमलाई बाबुरामको सुझावः बेलैमा भूल सच्याउनुस्

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण २०

काठमाडौँ : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘मनरो डक्ट्रिन’बारे विवादित अभिव्यक्ति दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेलाई बेलैमा आफ्नो भूल सच्याउन सुझाव दिएका छन्।

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष समेत रहेका भट्टराईले मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य नहुने भन्दै आफ्नो भूल सच्याउन वाग्लेलाई सुझाव दिएका हुन्।

सामाजिक सञ्जाल एक्स (ट्विटर) मा विवादित अभिव्यक्ति बारेको एक समाचार लिङ्क सेयर गर्दै भट्टराईले वाग्लेलाई सुझाव दिएका छन्।

‘मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश/क्षेत्रमा अर्को देशको ‘प्रभाव क्षेत्र’ कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन,’ अध्यक्ष भट्टराईले लेखेका छन्,‘नेपाल जस्तो दुई ठूला देशको बिचमा रहेको मुलुकका निम्ति त झन् अकल्पनीय कुरा हो ! स्वर्णिम वाग्लेले बेलैमा भूल सच्याउनु राम्रो होला !’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *