स्वर्णिम वाग्लेको सचिवालयबाट पटक पटक धम्की आयो : मुकुल ढकाल

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ३०

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. मुकुल ढकालले आफूलाई पार्टी उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट पटक पटक धम्की आएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन् – ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनु’ लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’ रास्वपाबाट कारबाहीमा परेपछि ढकालले नेतृत्वको भण्डाफोर गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *