नाइजेरियामा विद्यालय भवन धसिँदा १०० जना पुरिए

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २९

काठमाडौँ : नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन धसिँदा त्यसमा रहेका १०० जना पुरिएका छन्। स्थानीय सञ्चारमाध्यम र समाचार एजेन्सी एएफपीले मृत्युका विभिन्न सङ्ख्या दिएका छन्।

नाइजेरियाली अखबार ‘पञ्च’ले मृत्यु हुनेको संख्या १७ बताएको छ भने एएफपीले हालसम्म २१ जनाको मृत्यु भएको जनाएको छ।शुक्रबार बिहान राज्यको राजधानीमा रहेको सेन्ट एकेडेमी स्कुलको भवन धसिँदा सो विद्यालयमा उपस्थित सय जना पुरिएका हुन्।

नाइजेरियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी वा नेमाले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेको छ, ‘मृत्यु हुनेको संख्या पुष्टि गर्ने प्रयास गरिरहेका छौँ। हालसम्म भग्नावशेषमा फसेका ४० बालबालिकालाई उद्धार गरी अस्पताल पठाइएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *