संविधान हामीले ल्याएको हो रक्षा गर्छौं, अर्ति उपदेश आवश्यक छैन: कांग्रेस

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २८

काठमाडौँ : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस जन्मदिनदेखि नै लोकतन्त्रका लागि लडेकाले अर्ति उपदेश दिनु नपर्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको प्रस्तावमाथि छलफलमा सहभागी हुँदै लेखकले यस्तो बताएका हुन्।

‘नेपाली कांग्रेस जीवनको जन्मदिनदेखि आजसम्म लोकतन्त्रका लागि लडेको पार्टी हो। लोकतान्त्रिक इतिहासमा बडे बडे लोकतन्त्रविरोधीलाई ल्याएको इतिहास बनाएको पार्टी हो,’ उनले भने, ‘कल्पना र अनुमानका भाष्य निर्माण गर्ने काम बन्द गर्नुपर्छ। यो संविधान हामीले ल्याएको हो। यसको रक्षा गर्छौँ। यसका लागि अर्ति उपदेश आवश्यक छैन।’

संविधान संशोधन गर्ने कुरा दुई दलले मात्रै चाहेर नहुने पनि लेखकले बताए। ‘सबै दलहरूलाई समावेश गरेर सहमतिका आधारमा संविधान संशोधन गर्न भनिएको हो। पहल त कसैले गर्नुपर्ला नि ? हो त्यो पहल हामीले गरेका हौं। त्यसको अर्थ अरु दललाई निषेध गर्ने नल्याउने एकांकी संशोधन गर्ने भनेको होइन,’ उनले भने।

यसअघि बोलेका प्रधानमन्त्री दाहालले कांग्रेस एमालेको सहमति पश्चगमनतिर गएको आरोप लगाएका थिए। त्यसको प्रतिवाद गर्दै लेखकले यस्तो बताएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *