चट्याङ्ग लागेर एक सयभन्दा बढी मानिसको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २८

काठमाडौँ : भारतको विभिन्न राज्यमा चट्याङ्ग लागेर एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा भारतको उत्तर प्रदेश, बिहार र झारखण्डको छुट्टाछुट्टै स्थानमा चट्याङ्ग लागेर १३२ जनाको मृत्यु भएको बताइएको छ।

चट्याङ्ग लागेर मृत्यु भएको घटनाप्रति राज्य सरकारहरूले दुःख व्यक्त गर्दै मृतक परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार बिहारमा ५४, उत्तर प्रदेशमा ४३, झारखण्डमा ३५ जनाको चट्याङ्ग लागेर मृत्यु भएको छ। यस्तै पश्चिम बङ्गालमा चट्याङ्ग लागेर १५ जना बालबालिका घाइते भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *