गृह मन्त्रालयका कर्मचारी विष्ट मानब बेचबिखन आरोपमा पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २७

काठमाडौं : गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मानिस विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कर्मचारी निर्मल विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृहसचिव एकनारायण अर्याल लगायतसँग कुरा भइसकेको छ’ भन्दै गत असार २१ गते थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीलाई टेलिफोनबाट दबाब दिएको आरोप छ।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीको जिम्मा लगाएर पठाइएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ। विष्टलाई मानब बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो। विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए।

प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको संलग्नता खुलेको गृह मन्त्रालयले जनाएको छ। गृहमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको भन्दै गृहसचिव अर्यालले असार २५ गते विष्टलाई सेवाबाट हटाएका थिए। तर उनले जागिर थमौतीका लागि भन्दै गृहमन्त्री लामिछानेलाई भेटेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *