बाढी आएपछि सिमलको रुखमा चढेका दुई जनाको उद्धार, एक जना बेपत्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २२

दाङ : दाङको राप्ती नदीमा ठूलो बाढी आएको छ । नदीमा आएको बाढीमा फसेका दुई जनाको सकुसल उद्धार  गरिएको छ ।

लमही नगरपालिका–७ हस्नापुरस्थित नदीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्दार गरिएको छ भने एक जना बेपत्ता भएका छन् । राजपुर गाउँपालिका–२ का किसान फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । तीन जनासँगै रहे पनि एक जनालाई बाढीले बगाएको थियो । दुई जना सिमलको रुखमा चढेर बसेका थिए ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनको खोजीका लागि सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट टोली खटिएको छ ।सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए । राजपुर–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको छ । उनीहरूसँगै रहेका १८ वर्षीय राजकुमार यादव बगेर बेपत्ता भएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *