कोरोना संक्रमण पुनः तीव्र रुपमा फैलिएपछि भारतको महाराष्ट्र राज्यमा लकडाउन

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २३

दिल्ली – भारतमा कोरोना संक्रमण पुनः तीव्र रुपमा फैलिएपछि विभिन्न राज्यमा लकडाउन गरिएको छ। महाराष्ट्रमा सोमबार बिहान ७ बजेदेखि शुक्रबार राति ८ बजेसम्म लागि लकडाउन घोषणा गरिएको छ।

अधिकारीहरुका अनुसार त्यहाँ झण्डै एक महिनाका लागि संविधानको धारा १४४ लागु गरिएको छ। उक्त धारा लागु भएपछि सार्वजनिक स्थलमा पाँद्बजनाभन्दा बढी व्यक्ति एक ठाउँमा जम्मा हुन पाइँदैन। त्यहाँ मानिसहरुलाई घरबाहिर ननिस्किन भनिएको छ।

लकडाउन शुक्रबार ८ बजेसम्म र धारा १४४ आगामी अप्रिल ३० सम्मका लागि जारी रहने बताइएको छ। यो समयमा अत्यावश्यक सेवामात्र सञ्चालन हुनेछ। पार्क, सैलुन, धार्मिकस्थल, जिम, इन्डोर गेम, सिनेमा घरलगायत बन्द रहनेछन्। होटेल रेष्टुरेन्टहरुले होम डेलिभरी सेवा मात्र सञ्चालन गर्न पाउनेछन्। महाराष्ट्रमा हिजो मात्रै ५७ हजारभन्दा बढी संक्रमित थपिएका थिए। भारतभर आज १ लाख ३ हजार संक्रमित थपिएका छन्।
एजेन्सी

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *