असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्न इसेवाको अनुरोध

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १७

काठमाडौँ : निक्षेप सदस्यहरू (डिपी)ले डिम्याट खाता नवीकरण गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेका छन्।

हरेक वर्ष असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ। मेरोसेयर र डिम्याट खाता इसेवा एपबाट सजिलै नवीकरण गर्न सकिन्छ। आफ्नो मेरो सेयर डिम्याट खाता नवीकरण गर्न सुरूमा इसेवा एपभित्र रहेको फाइनान्सियल पेमेन्टभित्र रहेको मेरो सेयर एण्ड डिम्याट अप्सनमा जानु पर्ने हुन्छ।

त्यसपछि आफ्नो निक्षेप सदस्य (डिपी) छानेर क्याइन्ट आइडीमा आफ्नो बिओआइडीको अन्तिम ८ अंक राख्नु पर्ने हुन्छ। अब आफूले नवीकरण गर्न चाहेको मेरो सेयर अथवा डिम्याट दुबै छानेर भुक्तानी सम्पन्न गर्न सकिनेछ।

इसेवाले ग्राहकहरूलाई मेरो सेयर÷डिम्याट नवीकरण गर्दा लक्की ड्रमार्फत् हरेक हप्ता १ थान बेन्को स्मार्ट फोन १ जना भाग्यशालीलाई दिँदै आएको छ। यो अफर भदौ ३ गतेसम्म कायम रहने छ। सन् २००९ मा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक (पिएसपी) कम्पनीको रूपमा स्थापित भएको इसेवा नेपालमा अनलाइन भुक्तानीको घरायसी नाम बनेको कम्पनीले बताएको छ।

यसका लागि कम्पनीले ८० लाखभन्दा बढी ग्राहक, २२० हजार एजेन्ट, ३५० हजार व्यापारी, ४९ वटा बैंक तथा वित्तीय संस्था, मोबाइल टप–अप, उपयोगिता बिल भुक्तानी, स्वदेशी तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूजस्ता ५ हजार सूचीकृत सेवाहरूसँग सहकार्य गर्दै आइरहेको छ।

नेपालीको वित्तीय प्रणालीलाई बढावा दिन र डिजिटल अर्थतन्त्र सिर्जना गर्न अग्रपंक्तिमा रहेको इसेवा नेपालको अर्थतन्त्रलाई नगदरहित बनाएर समावेशी इकोसिस्टम निर्माण गर्न लगातार रूपमा लागिपरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *