काठमाडौँ : नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा(एमाले)का बिचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले नेपाली कांग्रेस र नेकपा(एमाले)का शीर्ष नेताहरूबिच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको बताएका हुन् ।
उनले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक रहेको जिकिर गरे । उनले संविधान संशोधनसम्मका लागि कांग्रेस र एमालेका बिचमा संवाद र सहकार्य गर्नुपर्ने बताए ।
संविधान संशोधनका लागि अन्य दलहरूसँग पनि छलफल गरिनुपर्छ । लोकतन्त्रका लागि पटक–पटक लडाइँ लडेका दुई ठुला दलहरू बिचको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन । यसलाई सकारात्मक लिन पनि म आग्रह गर्न चाहन्छु ।’यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
उनले भने, ‘चारैतिर निराशा फैलिएका बेला संसद्का दुई ठुला दल नेपाली कांग्रेस तथा नेकपा(एमाले)का शीर्ष नेताहरूबिच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छ । लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यी दुई ठुला दलहरूका बिच संवाद र सहकार्य आवश्यक छ । यसैगरी निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्त्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्