महाधिवेशनमा एकताबद्ध हुने संकल्प लिएका छौँ : माधव नेपाल

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १५
pinterest sharing button

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पार्टी महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्प आफूहरूले लिएको बताएका छन्।

पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको सन्दर्भ पारेर शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीका सबै नेता, कार्यकर्ताले महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्प लिएको बताए।

अध्यक्ष नेपालले महाधिवेशनको तयारीको काम अन्तिम चरणमा पुगेको पनि जानकारी दिए। कम खर्चमा पार्टीको महाधिवेशन सम्पन्न गर्ने बताउँदै अध्यक्ष नेपालले नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसर दाबी भएको उल्लेख गर्दै त्यसबाट पार्टीलाई जोगाएर अघि बढ्ने जिकिर गरेका छन्।

अध्यक्ष नेपालले पार्टीको महाधिवेशनमा कुराकानी छलफल हुने भएकाले भेटघाट हुनु, छलफल हुनु स्वाभाविक भएको पनि उल्लेख गरे।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

‘हामी महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प गरेका छौं। नेता, कार्यकर्ताहरू त्यही दिशामा अघि बढिरहनुभएको छ। तयारीको काम लगभग अन्तिम, अन्तिम चरणमा पुगेको छ। कम खर्चमा यो समारोहालाई भव्यताका साथ सम्पन्न गर्ने योजनामा छौँ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *