घनश्याम भन्छन् : नयाँ वाम विकल्प दिनेगरी नेतृत्व चयन हुन्छ

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १५

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुने बताएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले समस्या समाधान गर्नुपर्ने तथ्यलाई ध्यानमा राखेर कार्यक्रमहरू ल्याउने बताए ।

महासचिव भुसालले पार्टीको महाधिवेशनबाट पारित दस्तावेजले दशकौंसम्म कम्युनिष्ट आन्दोलनलाई दिशा निर्देश गर्ने दाबी गरे ।

उनले समाजवादी कार्यक्रम ल्याउने, स्थापित गर्ने, मुलुकमा वाम विकल्प दिने गरी नेतृत्व निर्माण गर्ने प्रतिवद्धता जनाए । विगतमा असाधारण वाम विकल्प रहे पनि अहिले भत्किएको भन्दै उनले त्यसलाई समेत जोड्ने गरी नेतृत्व चयन हुने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *