|
२०८१ असार ११
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरूले आफूलाई नटेरेको भन्ने अहिलेसम्म नपरेको जवाफ दिएका छन्। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रधानमन्त्रीलाई मन्त्रीहरूले नटेरेको भन्ने प्रश्न उठेपछि प्रधानमन्त्रीले जवाफ दिएका हुन्।
उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीको सम्बन्ध माननीय सदस्यहरूले भन्नुभएको जस्तो असमझदारीले भएको होइन। हाम्रो काम गर्ने परम्परा र शैली विधि विधानलाई बदल्न नसकेको हो।
प्रधानमन्त्रीको रूपमा मैले भनेको मन्त्रीले टेरेनन् भन्ने परेको छैन। मन्त्रीको आफ्नो बाध्यता पनि मैले हेरेको छु।’


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्