नेपालमा बसेर भारतीय वन रक्षकलाई किन पैसा तिर्नुपर्ने? : रघुजी पन्त

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ११

काठमाडौं : सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले माछा मार्न गएका बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ का खगेन्द्र सुनारलाई भारतीय वन रक्षकहरूले कुटपिट गरी खुट्टा भाँचिदिएको बताएका छन्। सुनारलाई केही दिनअघि भारतीय वन रक्षकहरूले अपहरण गरी कुटपिट गरेको सा‌ंसद पन्तको भनाइ छ।

‘सुनारलाई बन्दी बनाएर राखेका थिए, गाउँलेहरू गएर बल्लबल्ल छुटाएर ल्याए,’ प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद पन्तले भने, ‘छुटाउँदा ५० हजार रुपैयाँ दिउँला भन्न उनीहरूलाई बाध्य पारे। तर ५० हजार दिन सक्ने त्यो विपन्न परिवारको अवस्था छैन।’

‘२०७२ सालमा पनि दाउरा बटुल्न गएका राममिलन लोद र हर्कबहादुर शाहीलाई त्यसैगरी अपहरण गरिएको थियो। उनीहरूको बारेमा परिवार आजसम्म पर्खेर बसेको छ, तर आजसम्म जानकारी छैन,’ उनले गृह मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै भने, ‘पटक-पटक यस्ता घटना भइसक्यो, नेपालमा बसेर भारतीय वन रक्षकहरूलाई पैसा तिर्नुपर्ने किन?’यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

अहिले रातको समयमा फोन गरेर उनीहरूले छुटाउन जानेहरूलाई पठाउने कि गोली चलाऔं भन्ने धम्की दिने गरेको उनको भनाइ छ। ‘कुन बेला अपहरणमा पर्ने हो परिवार त्रसित छ,’ उनले भने। विगतमा पनि यस्तै घटना भएको उनले सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *