निर्मला पन्त हत्या अनुसन्धान नतिजा उन्मुख छ: गृहमन्त्री लामिछाने

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १०

काठमाडौँ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताएका छन्। सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो जानकारी गराएका हुन्। उनले संसदमा राष्ट्रिय सभा सदस्य गोमा तिमल्सिनाले सोधेको प्रश्नको जवाफ दिने क्रममा निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजा उन्मुख रहेको बताए।

उनले भने, ‘गोमा तिमल्सिनाले निर्मला पन्तको हत्यारा दुई दिनमा पत्ता लगाउँछु भन्नुभएको थियो, भन्नुभयो। म गएको अघिल्लो कार्यकालको पहिलो दिनको निर्णय हो त्यो। यसको पत्ता लगाउने हो। दिन गनेर दुई दिनमा पत्ता लगाउँछु भनेको कुरा सुन्दा कतै गलत ढंगले आए जस्तो छ। दिन गनेर आएको होइन, प्राथमिकतामा राखिएको हो। त्यो प्राथमिकतामा नै छ। अनुसन्धानको यो विषयलाई मैले आफ्नो प्राथमिकता अघिल्लो कार्यकालको विषयलाई भुलेको छैन। नतिजा उन्मुख छाँै । यति जानकारी यहाँहरुलाई गराउन चाहन्छु।’

उनले आफूले दुई दिनमा हत्यारा पत्ता लगाउने कुरा नगरेको तर प्राथमिकतामा राखेर अनुसन्धान गर्ने उल्लेख गरेको बताए। उनले अहिले पनि अनुसन्धान जारी रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *