विद्यार्थी लिन हिँडेको स्कुल बसमा पेट्रोल बम प्रहार, बस आगजनीले ध्वस्त

DaksuMedia दाक्सु मिडिया
|
२०८१ बैशाख ३०

चितवन । भरतपुर २० दद्राहानी पुलमा विद्यार्थी चढ्ने बसमा पेट्रोल बम प्रहार भएको छ ।
आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।
बम प्रहारबाट आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
६ जनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार भएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *