त्रिविमा चैत २० गते सम्मका लागी पठनपाठन बन्द

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १७

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले चैत्र २० गते शुक्रबारसम्मका लागी पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

त्रिवि रजिष्ट्रारको कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले वायु प्रदूषण बढेपछि एक सुचना जारी गर्दै पठनपाठन बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

प्रदूषण बढेको र यसले विद्यार्थीलाई असर पर्न सक्ने भन्दै आजदेखि चैत्र २० गतेसम्म पठनपाठन रोकिए पनि पूर्वनिर्धारित कार्यतालिका अनुसार परीक्षा भने सञ्चालन हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । वायु प्रदुषणकै कारण हिजो सरकारले देशभरका विद्यालयहरू  आजदेखि चैत २० गते सम्म बन्द गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *