|
२०७७ चैत्र १५

काठमाडौं– तीन दशकदेखि उपत्यकावासीले देखेको मेलम्ची खानेपानीको सपना अब धाराबाट खस्न थालेको छ। बहुप्रतिक्षित मेलम्चीको पानी आइतबारदेखि काठमाडौंवासीका धारा–धाराबाट आउन थालेको छ।
सुन्दरीजलबाट ११ बजे मीनभवन, महांकाल, अनामनगर र ललितपुरको खुमलटारको नयाँ ट्याङकीमा पठाइएको पानी दिउँसोदेखि धाराबाट आउन थालेको हो।
पहिलो दिन पुरानो वितरण लाइनबाट मेलम्चीको पानी धारामा छोडिएको छ। चार करोड लिटर पानी आइतबार वितरण हुँदैछ। अनामनगरका पाँच सय वटा धारामा पानी आउन थालेको छ। दुई सातापछि १७ करोड लिटर पानी सिस्टममा आउनेछ।
दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्