दुई किशोरी अपहरण गरी ९ दिनसम्म निरन्तर बलात्कार

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र ११

काठमाडौं– १४ र १५ बर्षीया दुई किशोरीलाई दुई जनाले अपहरण गरी कोठामा नौ दिनसम्म बन्धक बनाई बलात्कार गरेको खुलेको छ।

सोही आरोपमा प्रहरीले रुकुम पूर्वका २३ बर्षका युवक र १४ बर्षका किशोरलाई पक्राउ गरिएको हो।

१ चैतबाट हराएका ती किशोरीहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि प्रहरीलाई खबर गरिएको थियो। खोजलतास गर्दा रुकुमकोटबाट किशोरीको उद्दार गरी दुई जनालाई पक्राउ गरिएको हो। ति २३ वर्षीय युवकको कोठामा बन्धक बनाएर जबरजस्ती करणी गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुई जनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *