करोडौं राजश्व गुमाउँदै पोखरा महानगर

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र १

पोखरा महानगरले प्राकृतिक स्रोतबाट सबैभन्दा धेरै आम्दानी गर्दै आएको छ।

रामघाट सेती बगरलगायत ३० वटा घाटको नदीजन्य स्रोतको बिक्रिबाट आम्दानी हुने हो।

तर महानगरले यस आर्थिक वर्ष ठेक्का नै लगाउन पाएन। यसअघि रामघाटबाट मात्र बार्षिक ८ करोड रुपैयाँसम्म आम्दानी गरेको महानगरले ठेक्का लगाउन नपाउँदा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा रकम अभाव हुने देखिएको छ।

पोखरा महानगरले चालु आर्थिक वर्षको बजेटमा ढुङ्गा, गिटी, बालुवाजस्ता नदीजन्य स्रोतबाट कूल बजेटको ६ प्रतिशत अर्थात १८ करोड आम्दानी गर्ने लक्ष्य राखेको थियो। उक्त लक्ष्य पूरा नहुने अवस्था आउँदा बजेटमा राखिएका योजनालाई रकम अभाव हुने देखिएको हो। ्

पोखरा महानगरले गत असोजमा पहिलो पटक नगरभित्रका ३० वटा घाटबाट ढुङ्गा, गिटी, बालुवा निकाल्न ठेक्का खुलाएको थियो। पहिलो पटक टेण्डर खुलाउँदा रामघाटसहित अधिकांश घाटहरुको ठेक्का लागेन। घाटहरूको ठेक्का नलाग्दा महानगरलाई कम्तिमा १४ करोड राजश्व घाटा लाग्ने राजश्व शाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *