केन्द्रमा नयाँ समीकरण बने पनि बागमतीको मुख्यमन्त्री फेरिंदैन : मन्त्री श्रेष्ठ

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २८

 वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले केन्द्र सरकारमा नयाँ गठबन्धन बने पनि बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले बागमती प्रदेशमा केही असर परे पनि नेतृत्व भने परिवर्तन नहुने बताएका हुन् । मन्त्री श्रेष्ठले भने, ‘गठबन्धन तलमाथि हुँदै गर्दाखेरी वागमती प्रदेशमा केही असरहरु त पर्लान् । म पर्दैपर्दैन भन्दिनँ । तर बागमती प्रदेशको सरकारको नेतृत्व चाहिँ परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *