मतदातालाई धन्यवाद दिँदै हाम्रो नेपाली पार्टीले भन्यो, ‘भ्रष्ट नेतालाई जेल नहालेसम्म देश बन्दैन’

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ४

मंसिर ४, २०७९

हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले सफलतापूर्वक  निर्वाचन  सम्पन्न गर्न भुमिका खेल्ने नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, पत्रकार, कर्मचारी लगायत सम्पूर्ण आम नेपाली मतदातालाई धन्यवाद  सहित आभार व्यक्त गरेको छ । आम निर्वाचन एउटा लोकतान्त्रिक प्रक्रियाको सुन्दर पक्ष रहेको बताउँदै पार्टीले सम्पूर्ण नेपाली मतदाताले परिवर्तनको पक्षमा मतदान गरेको विश्वास लिएको छ ।

प्रवक्ता ई. डिल्लिश्वर कार्कीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो नेपाली पार्टी (लौरो अभियान) को देशका सम्पूर्ण भ्रष्ट नेताहरूलाई जेल नहाले सम्म यो देश बन्दैन भन्ने मलमन्त्रलाई हामी पुरा गरि देश बचाउने र बनाउने महान् अभियानमा सदैव लागिरहने प्रणसहित आगामी दिनमा लौरो अभियान निरन्तर तपाईसँगै रहने व्यहोरा समेत अनुरोध गर्दछौँ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *