माप्यमा महिला भन्दा पुरुषको मत बढी खस्यो

DaksuMedia दाक्सु मिडिया
|
बैशाख ३१, २०७९

३१ बैशाख, सोलुखुम्बु – स्थानिय तहको निर्वाचनमा सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकामा महिला भन्दा पुरुष मतदानमा बढी सहभागि भएका छन् ।
पालिकाभर १०,४६८ जम्मा मतदाता संख्या रहेकोमा ६,७३७ जनाले मतदान गरेका छन् । कुल मतदाता संख्या मध्य ६४.३५ प्रतिशतले मात्र निर्वाचनमा सहभागि भएका छन् । महिला भन्दा २९३ मतले पुरुषको मत संख्या बढी मतदान गरेको निर्वाचन अधिकृत मिना गुरुङले जानकारी दिनुभयो । वडा नं. ६ र ७ को मतपेटिका पालिका केन्द्र सम्म आइपुग्न समय लाग्ने भएकोले ३१ गतेबाट मात्र मतगणना सुरु हुने गुरुङले बताउनुभयो । अहिले सर्वदलिय बैठक सुरु भैसकेको र बैठकको निर्णय पछि मतगणना सुरु गरिनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *