सोलुखुम्बुको माप्यमा काङ्ग्रेस र माओवादीे गठबन्धनको उमेद्धारी

DaksuMedia दाक्सु मिडिया
|
२०७९ बैशाख १३

१३ बैशाख, सोलुखुम्बु सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा काङ्ग्रेस र माओवादीले गठबन्धन गरि सहमतिमा उमेद्धारी दर्ता गराएका छन् । देशभर पाँचदलिय गठबन्धन भनिरहँदा यो पालिकामा भने माओवादी र काङ्ग्रेसले गठबन्धन गरेर जाने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्षका लागी काङ्ग्रेसको तर्फबाट चन्द्र राई र उपाध्यक्षका लागी माओवादीका गौरव राईले उमेद्धारी दिएका छन् । वडामा समेत सहमतिमै उमेद्धार उठाउने निर्णय गरेको छ । जसअनुरुप वडा नं. एक मा माओवादीका सज्जन राई, दुईमा माओवादीकै प्रकाश राई, चारमा माओवादीका भक्त राइले निर्वाचन अधिकृतको कार्यालय पुगेर उमेद्धारी दिएका छन् । यसैगरि वडा नं. ३ मा काङ्ग्रेसको तर्फबाट उजिर कार्की , वडा पाँच छ र सातमा क्रमशः अबिरल तामाङ, राम प्रसाद मगर र प्रश्न राईले मनोनयन दर्ता गराएका हुन् ।
बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागी आईतबार र सोमबार दलहरुले आ आफ्नो प्रतिनिधिको उमेद्धारी दर्ता गराएका हुन् । अब बैशाख १६ सम्म उमेद्धारले अन्तिम निर्णय लिन सक्ने वा उमेद्धारी फिर्ता लिन सक्ने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *