जिपमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७९ बैशाख ९

९ वैशाख, काठमाडौं – काठमाडौंको पेप्सिकोलामा बिहीबार राति रोकिराखेको जिपमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भइ कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेका छन् । 

गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  घाइते भएका मोटरसाइकलमा पछाडी सवार कैलालीका १८ वर्षीय जगदीश शाहीको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ । 

जडिबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल गएराती पौने १० बजे सडक छेउमा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जिपमा ठोक्किएको थियो । 

जिप चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *