थुलुङ दुधकोशी दुईमा माओवादीको अध्यक्षको उम्मेद्धार घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २५

२५ चैत, सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं. दुई को नेकपा माओवादी केन्द्रले अध्यक्षका लागि उम्मेद्वार घोषणा गरेको छ  । नेकपा माओवादीको आज बसेको बैठकले युजन बस्नेतलाई सर्वसम्मत अध्यक्ष पदको लागि सिफारिस गरेको हो ।

बैशाख ३० मा हुने आसन्न स्थानिय तहको निर्वाचनका लागी सबै पार्टीले आफ्नो उम्मेद्धार चयन गर्ने क्रममै रहेका छन् । वडा नं. दुईमा जस्तै अन्य वडामा पनि छिट्टै सहमति गरि उम्मेद्धार चयन गर्ने सोलुखुम्बु थुलुङ गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

यसैगरि कार्यक्रममा अन्य पार्टी परित्याग गरी ४४ जना प्रभावशाली नेता तथा कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रबेश गरे । उनिहरुलाई पालिका अध्यक्ष तथा पार्टी अध्यक्ष राईले पार्टी प्रवेश गराउनुभएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *