स्थानीय निर्वाचनका लागि सरकारबाट ८ अर्ब ११ करोड बजेट सुनिश्चितता

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन १९

काठमाडौंः निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि सरकारबाट ८ अर्ब ११ करोड बजेट सुनिश्चितता भएको जनाएको छ। 

आयोगले नियमित पत्रकार सम्मेलनमा आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको जानकारी दिएको हो।  

फागुन २० देखि २६ गतेसम्म सञ्चालन मतदाता नामावली अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ। सो समयसम्म मतदाता परीचयपत्रमा त्रुटि सच्याउन निवेदन दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिन सकिने छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *