|
२०८३ भाद्र २८
काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण आज देशभर मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ भने केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो हिमाली र पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा वर्षाको सम्भावना छ। मधेससहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षा हुन सक्ने जनाइएको छ।
राति कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा चट्याङसहित वर्षा हुन सक्नेछ। पहाडी र तराई क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्