देशभर बदली, धेरै क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २१

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण आज देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। मौसमविद्का अनुसार कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

दिउँसो विशेषगरी पहाडी र तराई क्षेत्रका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्न सक्ने जनाइएको छ। रातिको समयमा पनि देशका पहाडी तथा हिमाली भूभागका केही स्थान र तराईका थोरै क्षेत्रमा वर्षाको सम्भावना कायम रहनेछ।

निरन्तर वर्षाका कारण सडक यात्रा प्रभावित हुन सक्ने तथा चट्याङको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *