मेष: कला तथा सिर्जनात्मक क्षेत्रमा परिवारको साथले उत्साह बढाउनेछ। व्यवसायसँग सम्बन्धित यात्राबाट अपेक्षित उपलब्धि हासिल हुन सक्छ। आर्थिक अवस्था राम्रो रहनेछ र सामाजिक प्रतिष्ठा पनि बढ्ने संकेत छ। शुभ रंग: सेतो | शुभ अंक: २
वृष: अचानक आर्थिक लाभ प्राप्त हुने सम्भावना छ। तर व्यापारमा आफन्तमाथि अत्यधिक भरोसा गर्दा घाटा हुन सक्छ। स्वास्थ्यका लागि पौष्टिक खानपानमा जोड दिनुहोस्। विद्यार्थीमा सामाजिक चेतनाको भावना विकसित हुनेछ। शुभ रंग: गुलाबी | शुभ अंक: ३
मिथुन: प्रभावशाली व्यक्तिको सहयोग प्राप्त हुँदा रोकिएका काम अघि बढ्नेछन्। मेहनत र लगनशीलताले कठिन जिम्मेवारी पूरा गर्न सकिनेछ। सामाजिक क्षेत्रमा जिम्मेवारी बढ्नुका साथै व्यापारबाट लाभ मिल्नेछ। शुभ रंग: हरियो | शुभ अंक: ५
कर्कट: पुर्ख्यौली सम्पत्तिसम्बन्धी पारिवारिक विवाद समाधानतर्फ जानेछ। दाम्पत्य जीवनमा भने केही उतारचढाव आउन सक्छ। स्वास्थ्यमा समस्या देखिए विशेषज्ञको सल्लाह लिनु उचित हुनेछ। पेशागत क्षेत्रमा प्रभाव बढ्नेछ। शुभ रंग: रातो | शुभ अंक: २
सिंह: आत्मबल र आत्मविश्वास बढ्ने दिन छ। कार्यालयमा वरिष्ठबाट प्रशंसा पाउने सम्भावना छ। सन्तानको प्रगतिले खुशी मिल्नेछ भने विद्यार्थीले गुरुजनबाट अध्ययनमा आवश्यक सहयोग पाउनेछन्। शुभ रंग: हल्का हरियो | शुभ अंक: ६
कन्या: जीवनसाथीसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। कामकाजका दृष्टिले दिन सकारात्मक रहनेछ। साथीभाइबाट उपहार प्राप्त हुन सक्छ। घरको सौन्दर्य बढाउन खर्च हुने योग छ, खानपानमा भने सावधानी अपनाउनुहोस्। शुभ रंग: सेतो | शुभ अंक: ७
तुला: भविष्यका महत्वपूर्ण योजनाहरू बनाउन अनुकूल समय छ। प्रतिष्ठित व्यक्तिहरूमाझ आफ्नो प्रभाव कायम गर्न सफल हुनुहुनेछ। अध्ययनमा राम्रो नतिजा आउनुका साथै आम्दानीका थप बाटा खुल्ने सम्भावना छ। शुभ रंग: रातो | शुभ अंक: ८
वृश्चिक: उद्योग तथा व्यापारमा उल्लेखनीय लाभ मिल्ने संकेत छ। धार्मिक यात्राको योजना बन्न सक्छ। कार्यक्षेत्रमा प्रतिस्पर्धीबाट सचेत रहनुहोस्। नयाँ कामको अवसर हात लाग्नेछ र आफ्नो व्यक्तित्व विकास गर्ने मौका मिल्नेछ। शुभ रंग: पहेँलो | शुभ अंक: ९
धनु: आफन्तसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। स्वादिष्ट भोजनको आनन्दसँगै व्यवसायमा सोचेजस्तो काम पूरा हुने सम्भावना छ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ। पढाइमा प्रगति हुनेछ। शुभ रंग: खैरो | शुभ अंक: ८
मकर: अरूमाथि निर्भर भएर काम गर्दा समस्या आउन सक्छ, त्यसैले आफ्ना जिम्मेवारी आफैं पूरा गर्ने प्रयास गर्नुहोस्। आर्थिक क्षेत्रमा अपेक्षित लाभ नहुन सक्छ। स्वास्थ्यप्रति विशेष ध्यान दिन आवश्यक छ। शुभ रंग: सेतो | शुभ अंक: ३
कुम्भ: व्यापारिक काममा जीवनसाथीको सहयोग उपयोगी बन्नेछ। मेहनत गर्नेहरूका लागि समय अनुकूल छ। समाजमा प्रतिष्ठा बढाउने महत्वपूर्ण काम हात पर्न सक्छ। शुभ रंग: निलो | शुभ अंक: २
मीन: प्रशासनिक तथा राजनीतिक क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन्। मीठा आश्वासन दिनेहरूप्रति सावधानी अपनाउनुहोस्। विरोधीहरू कमजोर हुनेछन् भने प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता हात लाग्ने सम्भावना छ। शुभ रंग: निलो | शुभ अंक: ६

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्