|
२०८२ भाद्र १४
काठमाडौं । हाल देशमा मनसुन सक्रिय रहेको छ र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। काठमाडौंलगायत देशका केही स्थानहरूमा बिहानैदेखि वर्षा भइरहेको छ।
विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, वाग्मती र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागका थोरै स्थानहरूमा र तराई भू–भागका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समय पनि सामान्य बदली रहने विभागले जनाएको छ। देशका सबै प्रदेशका पहाडी भू–भागका केही स्थान र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
सावधानी अपनाउन विभागले सुझाव दिएको छ, विशेषगरी पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्