बालुवाटारमा ६५ लाखको चोरी, दाङबाट समातिए आरोपी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १७

काठमाण्डौँ । बालुवाटारमा ६५ लाख रुपैयाँ भन्दा बढीका सरसामानहरू चोरी भएका छन् । चोरीको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानरपालिका–६ गोलौरी घर भइ काठमाडौंको खुर्सानीटार बस्ने २४ वर्षीय दुर्गाबहादुर केसी छन् । उनलाई उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा दाङबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ ।

उनले १२ पुसको राति बालुवाटारमा रहेको स्टोर्म नेटवर्क प्रालिको ४८ लाख ७२ हजार ६२० र इको भ्याली प्रालिको ८ लाख ५८ हनार ५४१ रुपैयाँ भन्दा बढी नगद र गरगहना गरी चोरी गरेको प्रहरीले बताएको छ ।

उनीबाट चाँदीको ब्रास्लेट १५ थान, चादीको २८ थान सिक्का, धाँदीको धातु १ थान, डेल कम्पनीको ल्यापटप बरामद भएको छ । उनको साथबाट ३४ हजार ५३० नगद र घरबाट ६४ लाख ८२ हजार ६१० नगद बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *